मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
भोलिदेखि बहुसंख्यक नेपालीहरूको मुख्य चाड दशैं शुरू हुँदैछ । दशैंको घटस्थापनासँगै फेस्टिभ मुड शुरू हुन्छ ।
देशको खस्किँदो अर्थतन्त्र र त्यसले पारेको प्रभावका कारण दशैंको समयमा पनि बजार चलायमान छैनन् ।
मानिसहरूमा त्यस्तो धेरै उत्साह र उमंग देखिएको छैन ।
काठमाडौंका आकाशमा चंगा उड्न थालेका छन् भने नाकाबाट बाहिरिनेको लर्को शुरू भइसकेको छ । राजधानीलाई लगभग रित्तै बनाएर मानिसहरू चाड मनाउन गाउँ जाने अद्वितीय परम्परा नेपालीको छ ।
दशैंतिहारलाई फिका बनाइरहेको राष्ट्रिय चाड
यसपटक मंसिर ४ को चाडले असोज १९ गतेको दशैं र कात्तिक १३ को तिहारलाई फिक्का बनाइदिएको छ ।
नयाँ–नयाँ राजनीतिक दल, स्वतन्त्र उम्मेदवारीको लहरले पनि मंसिरको चुनावप्रति यसपटक विगतको तुलनामा धेरै चासो बढिरहेको छ ।
स्थानीय तहको निर्वाचनपछि स्वतन्त्र उम्मेदवारको लहर र लहडले पनि आसन्न निर्वाचनलाई तताएको छ । समाजमा कुनै पहिचान नभएका व्यक्तिलाई समेत ‘बालेन र हर्क’को शैलीमा संसद् छिर्ने महत्त्वाकांक्षाले चुनावी रंगमञ्चमा स्वतन्त्रको बाढी छ । मतदाता नामावलीमा नामै नलेखाएका समेत उम्मेदवारी दिने भन्दै हिँडिरहेका छन् ।
देशभर स्वतन्त्रको बाढी आइरहेको समयमा प्रमुख दलहरू भने किमकर्तव्यबिमुड बनेका छन् । उम्मेदवार छान्न दलहरूलाई महाभारत भइरहेको छ ।
आरजुले रोजेको समानुपातिकको सुनिश्चितता
सरकारको नेतृत्व गरिरहेको दलका प्रभावशाली नेताहरूले नै संसद् छिर्नका लागि समानुपातिकको सहारा लिएको घटनाले उनीहरू चुनाव जित्न आश्वस्त नभएको बुझ्न कठिन छैन ।
विगतमा देउवाको दाहिना रहेर गृह र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिसकेका विमलेन्द्र निधि पनि प्रत्यक्ष चुनाव लड्न हच्किएर समानुपातिकको फेरो समात्न बाध्य भए ।
कांग्रेसको नेतृत्व गर्ने महत्त्वाकांक्षा बोकेर अन्तिममा शेरबहादुर देउवासँग आत्मसमर्पण गरेका निधि संसद्मा जान समानुपातिको भर परे ।
बाँके, बर्दिया र कैलाली, कञ्चनपुरदेखि बाग्लुङसम्मबाट सिफारिशमा परेकी आरजुले अन्तिममा समानुपातिकबाट आफूलाई सुरक्षित गर्न खोजिन् ।
उनी सिफारिश भएका अधिकांश क्षेत्र पछिल्लो स्थानीय निर्वाचनको नतिजामा कांग्रेस एक्लै बहुमत भएको ठाउँ हो । तर, उनले त्यो सामान्य चुनौती पनि व्यहोर्न सकिनन् ।
समानुपातिकमार्फत सांसद बन्ने शतप्रतिशत सुनिश्चितता खोजिन् ।
वास्तविकताभन्दा बजार हल्ला नै धेरै भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आरजुले अघिल्लो महिना एकै समयमा गरेको दिल्ली भ्रमणपछि भावी सत्ता समीकरणको विषयलाई लिएर उत्पन्न तरंग सेलाएको छैन् ।
बढ्दो उमेरका कारण प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजुलाई राजनीतिमा स्थापित गराउन खोज्दैछन् भन्ने आरोप बजारमा जबरजस्ती स्थापित हुँदैछ ।
प्रचण्डले शुक्रवार मात्र पनि भारत भ्रमणका क्रममा नभएको सम्झौता गरियो भनेर अनावश्यक हल्ला गरिएकोमा गुनासो गरेका थिए । भारतमा गएर सत्ता साझेदारीको कुनै सम्झौता नभए पनि चीन समेत सशंकित भएको भनेर स्पष्टीकरण दिएका थिए, पोखरा गएर ।
एमालेको प्रश्न, गठबन्धनको जवाफ
आम निर्वाचनमा जाँदा राजनीतिक दलले पाँच वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने योजनासहित भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्नुपर्ने हो । तर सीट बाँडफाँटमै अल्मलिएको गठबन्धनले भावी प्रधानमन्त्रीको बारेमा कुनै निर्णय गर्न सकेको छैन ।
पछिल्ला भाषणहरूमा पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक सरकारको नेतृत्व गरेर देशलाई रुपान्तरण गर्ने बताइरहेका छन् । शनिवार मात्र उनले अर्को जनयुद्ध गर्ने उद्घोष गरेका छन् । प्रचण्डको एकल दाबी हेर्दा चुनावपछिको पहिलो कार्यकालको प्रधानमन्त्री उनी बन्दैछन् भनेर अनुमान लगाउन सकिन्छ ।
अघिल्लो महिना भएको भारत भ्रमणमा त्यस्तो सहमति गरेर आएको आशंका एमालेले गर्दै आएको छ । अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरूले विदेशी भूमिमा गएर सत्तासाझेदारी गरेर आएको भनेर आरोप लगाइरहेका छन् । तर पनि गठबन्धनले एमालेले सोधेको एउटा प्रश्नको जवाफ दिन सकेको छैन ।
बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले सोधे, ‘एमालेले भावी प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीलाई अगाडि सार्दैछ, गठबन्धनको उम्मेदवार को हो ?’ जुन प्रश्नको जवाफ गठबन्धनसँग छैन ।
प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावमा जान सक्दैन, न त आरजुलाई अगाडि सार्ने हिम्मत छ । प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका गगन थापालाई अहिलैदेखि घेराबन्दी शुरू भइसकेको छ । चुनावमा जान गगन कांग्रेसका लागि ‘फ्रेस उम्मेदवार’ थिए, तर कांग्रेसको कन्जरभेटिभ पुस्ता उनलाई रोक्न नै बल गरिरहेको छ ।
संसदीय लोकतन्त्रमा यस्ता गठबन्धन चुनावपछि बन्नुपर्ने हो, तर चुनाव अगाडिको गठबन्धन उल्टो भएको छ ।
अग्रगामी भर्सेस प्रश्चगामी गठबन्धन
नयाँ संविधानमार्फत अवलम्बन गरिएको अदूरदर्शी निर्वाचन प्रणालीका कारण नेपालमा कुनै दलले बहुमत ल्याउन चमत्कार गर्नुपर्ने अवस्था छ । नयाँ एजेण्डा र उम्मेदवारसहित चुनावी माहोल सिर्जना गरेमा प्रत्यक्षतर्फ बहुमत ल्याउने सम्भावना रहे पनि समानुपातिक प्रणालीले एउटै दलको बहुमत आउने सम्भावनालाई अस्थायी बन्ध्याकरण गरिदिएको छ ।
प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने दिन असोज १ गते संसद् सम्बोधनका क्रममा नेकपा एसका नेता झलनाथ खनालले अहिलेको निर्वाचन प्रणालीका कारण गठबन्धन गर्नु बाध्यताजस्तो भएको बताएका थिए । आफूले वामपन्थी गठबन्धनका लागि प्रयास गरे पनि ठूलो भनिएको दल (एमाले)ले एक्लै लड्ने अहम् देखाएका कारण कांग्रेससँग गठबन्धन गर्नुपर्ने बाध्यता आइलागेको उनले दाबी गरेका थिए ।
प्राकृतिक/अप्राकृतिक या अग्रगामी या पश्चगामी जे भने पनि चुनावमा मुख्यतः दुईवटा गठबन्धन बन्ने देखिँदैछ । महन्थ ठाकुरले नेतृत्व गरेको लोसपाले ‘एमालेलगायत विचार मिल्ने’दलसँग तालमेल गर्ने नीति लिएका कारण एमाले, लोसपासहितको चुनावी मोर्चाको सम्भावना बढेर गएको देखिन्छ । त्यो मोर्चामा राप्रपा समेत सामेल हुने तयारी भएको छ ।
केपी ओलीले कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धन भन्दै आएका छन् ।
यता राप्रपासहितको गठबन्धनलाई राजावादी र पश्चगामीको आरोप प्रचण्ड र झलनाथले लगाएका छन् । एकले अर्कोलाई आरोप लगाए पनि दुवै गठबन्धन सिद्धान्तविपरितका हुन् । दुवैको एउटै उद्देश्य सत्तामा पुगेर साधन स्रोतमा रजाइँ गर्नेबाहेक केही देखिँदैन ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...