०८ साउन २०८३, शुक्रबार

दयाहाङ र सौगातको सहकार्य : ‘दुई नम्बरी’ले कस्तो गर्ला व्यापार ?

दयाहाङ र सौगातको सहकार्य : ‘दुई नम्बरी’ले कस्तो गर्ला व्यापार ?

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सहकार्य चलचित्रको पर्दामा हिट छ । उनीहरूले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराएका थिए । दयाहाङ र सौगातलाई दर्शकले त्यसअघि चलचित्र ‘लुट’मा पनि औधी मन पराएका थिए । 

यी अभिनेताले थुप्रै चलचित्रमा अभिनय गरेका छन् । यद्यपि, सँगै पर्दामा आउँदा भने दर्शकहरूले विशेष चासोका रुपमा हेर्दै आएका छन् । यस्तै, चासो ५ यतिबेला चलचित्र ‘दुई नम्बरी’लाई लिएर । असोजको २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ र सौगातले सहकार्य गरेका छन् । चलचित्र उनीहरूकै वरिपरी घुम्ने सार्वजनिक ट्रेलरबाट पनि बुझ्न सकिन्छ । दयाहाङ र सौगातको यो चलचित्रले पनि दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । 

चलचित्रको टिजरमा दयाहाङ र सौगातलाई एकसाथ देखेर दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको प्रतिक्रियाहरू आएका छन् । निर्माणपक्षले मंगलवार चलचित्रको ट्रेलर सार्वजनिक गर्दैछ । 

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा दयाहाङको जोडीको रूपमा भुटानी अभिनेत्री उगेन छोदेन र सौगातको जोडीको रूपमा अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गरेका छन् । 

चलचित्र ‘२ नम्बरी’लाई कतिपयले ‘कबड्डी ४’को स्वाद झल्काउनेसमेत भनेका छन् । तर, निर्देशक लामा चलचित्रमा दयाहाङ र सौगातको सहकार्यलाई दर्शकले रमाइलो शैलीमा हेर्न पाउने बताउँछन् । यसमा २ मित्रहरूको कथा भनिएको उनको भनाइ छ । दशैंको टिकालगत्तै दर्शकले रमाइलो चलचित्र हेरेर फ्रेस हुनसक्ने उनको भनाइ छ । चलचित्रले व्यापार पनि राम्रो गर्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्