×

NMB BANK
NIC ASIA

खाेप प्रमाणीकरणमा लापरवाही

क्यूआरकोडमा स्वास्थ्य मन्त्रालयको चरम लापरवाही : विदेश उड्न माला लगाइसकेका ४०० जना विमानस्थलबाट फिर्ता

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाहीका कारण विदेश जाने नेपालीले अनावश्यक सास्ती भोगिरहेका छन् ।

Muktinath Bank

कोभिड–१९ विरूद्धको खोप लगाएका व्यक्तिले त्यसको प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिने व्यवस्था छ । विदेश जाने नेपालीहरूले सोही प्रक्रियाअनुसार खोप लिएको प्रमाण लिनुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनलाइन आवेदन गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाएको प्रमाणित गरी डिजिटलरूपमा प्रमाणीकरण पत्र (क्यूआरकोड) उपलब्ध गराउने गरेको छ । सोही क्यूआरकोडमा लापर्वाही गरेको कारण विदेश जाने यात्रुले समस्या भोग्नु परेको हो ।


Advertisment
Nabil box
Kumari

यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खोप प्रमाणीकरण गरेर लिएको क्यूआरकोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्यान गर्दा भेरिफाइड नदेखिने समस्या भएपछि यात्रु फिर्ता हुन बाध्य भएका छन् ।

Vianet communication
Laxmi Bank

शनिबार अमेरिका जानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी भक्तपुरकी समीक्षा (नाम परिर्वन)ले त्यस्तै समस्या भोग्नु पर्‍याे। उनी विमानस्थलको प्रस्थान गेटबाटै फर्किनुपर्‍याे। श्रीमान र छोरासहित अमेरिका हिडेका उनीहरू तीनै जनाको खोप प्रमाणीकरण गर्ने क्यूआरकोड ‘अनभेरिफाइड’ भएपछि विमानस्थलले उनीहरुलाई फर्काइदिएको थियो ।

समीक्षाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेअनुसारकै प्रक्रियामा कोभिड–१९ विरूद्धको खोप लगाएको प्रमाणीकरण गरेर विमानस्थल गएकी थिइन् । 

समीक्षाकाअनुसार उनले अनलाइनमार्फत आवेदन गरेर १ महिना लगाएर कोभिड–१९ विरूद्धको खोप लगाएको प्रमाणीकरण गरी क्यूआरकोड पाएकी थिइन् । मन्त्रालयले दिएको सोही कोड लिएर विमानस्थल जाँदा उनी घर फर्किनुपरेको हो । 

‘हामीले सबै प्रक्रिया पुरा गरेर फर्म भरेका थियौं । त्यसैआधारमा खोप प्रमाणित भएको पत्र पनि आयो तर हिजो घरबाट विदा भएर एयरपाेर्ट पुग्यौं । तर, एयरपोर्टबाट फर्किनु पर्‍याे । यसको जिम्मा कसले लिने ?’ उनले लोकान्तरसँग भनिन्, ‘न मन्त्रालयलाई थाहा छ, न वडा कार्यालयले यसको जिम्मेवारी लिन्छ । अब हामी कहाँ जाने ?’

उनको जस्तै समस्याले एयरपोर्टबाट धेरै जना रुँदै फर्किएको आफूले देखेको समीक्षाले बताइन् ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुर भने आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको बताउँछन् ।

जिम्मेवारीबाट पन्छिन खोज्दै ठाकुरले भने, ‘यसबारेमा मलाई जानकारी छैन् । कुनै गुनासो पनि आएको छैन ।’ 

तर,  स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख राजेन्द्र साहले भने क्यूआरकोड जेनेरेट गर्ने सफ्टवेयर ह्याक भएका कारण ३ दिनदेखि क्यूआरकोडमा समस्या आएको बताए । उनी मन्त्रालयमा क्यूआरकोड फोकल पर्सनको जिम्मेवारीमा छन् ।

‘खोप प्रमाणीकरण पछि जारी हुने क्यूआरकोडमा ३ दिनदेखि समस्या आएको छ । हामीले त्यसबारे अनुसन्धान गरिरहेका छौं,’ साहले लोकान्तरसँग भने ।

उनकाअनुसार, पछिल्लो ३ दिनमा ४ सय जना व्यक्तिले क्यूआरकोडमा समस्या आएको भन्दै मन्त्रालयमा गुनासो गरेका छन् । 

मन्त्रालयले चलाउँदै आएको सफ्टवेयरमा अनाधिकृत व्यक्तिले पहुँच सिर्जना गरी मन्त्रालयले भेरिफिकेशनको लागि दिएको कोड ह्याक गरेर भेरिफाइड भएको पत्रलाई पनि अनभेरिफाइड गर्ने गरेको पत्ता लागेको साहले बताए । ह्याकरले एक व्यक्तिलाई अनभेरिफाइड गरेर आफूले चाहेको व्यक्तिलाई भेरिफाइड गर्ने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको साहले बताए । 

‘सफ्टवेयरमा साइबर हमला भएको भन्नुपर्छ । फर्म भरेर कोड लिएर त्यसलाई परिवर्तन गरेर अर्कैलाई भेरिफाइड गरिदिएको पाइएको छ । त्यसका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ फोकल पर्सन साहले लोकान्तरसँग भने, ‘अनुसन्धानको लागि हामीले प्रहरीसँग पनि सहयोग मागेका छौं । विमानस्थलमा रहेको प्रहरीलाई कडाई गर्न भनेका छौं ।’

केही दिन अगाडि क्यूआरकोड सम्बन्धि वेवसाइट अपडेट गर्दा केही डेटाहरूमा समस्या आएको हुनसक्ने दावी पनि साहको छ ।

‘हामीले केही दिन अघि सफ्ट्वयर रिबुट गरेका थियौं त्यसले  गर्दा पनि केही समस्या देखिएको हुनसक्छ,’ साहले लोकान्तरसँग भने ।

साहले समस्या सिर्जना हुनुको दोष स्थानीय तहलाई लगाउन पनि भ्याए । ‘पछिल्लो समयमा स्थानीय तहका वडाबाटै खोप लगाएको÷नलगाएको प्रमाणीकरण गर्नलाई मन्त्रालयको सरभरसँग जोडिएको छ । त्यहाँका कर्मचारीले भेरिफाइड भएको खोप कार्डलाई अनभेरिफाइड गरिदिएको खण्डमा पनि समस्या आउँछ’, साहले तर्क गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x