१० साउन २०८३, आइतबार

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको अन्तिम अभ्यास खेल

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको अन्तिम अभ्यास खेल

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ । आइतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । 

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका थिए । जसअनुसार गोल रक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल, मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी र एरिक बिष्ट, स्ट्राइकरमा विमल घर्तीमगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी छन् । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिह शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताए । उनले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको बताए । 

प्रशिक्षक हुमागाईंले लामो समय खेल नहुँदा खेलाडीलाई फिट हुन केही समस्या भएको बताए । उनले बंगलादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनशायले खेल्ने दाबी गरे । उनले नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू नेपाली फुटबल टिमको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको बताए । उनले अहिले डेंगुको समस्या रहेका कारण पनि खेलाडी बिरामी हुने हुन् की भन्ने चिन्ता भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्