आलिया भट्ट र रणवीर कपूर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
चलचित्रको नयाँ गीत ‘रसिया’ सार्वजनिक भएको छ ।
चलचित्र रिलिज भएको १५ दिनपछि गीत सार्वजनिक भएको हो ।
यो रोमान्टिक गीतमा आलिया र रणवीरबीचको केमेस्ट्री निकै नै मिलेको छ ।
यस गीतमा श्रेया घोषाल र तुषार जोशीले आफ्नो स्वर दिएका छन् ।
यो गीतको शब्द अमिताभ भट्टाचार्यले लेखेका हुन् ।
फिल्मको यो गीतलाई फ्यानहरुले निकै रुचाएका छन् ।
फिल्म ‘ब्रह्मास्त्र’ मा रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय र नागार्जुन जस्ता दमदार कलाकारहरु देखिएका छन् । .