१२ साउन २०८३, मंगलबार

राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपतिले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्