
बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी आयरा खान यतिबेला चर्चामा छिन् ।
उनले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग इन्गेजमेन्ट गरेकी छिन् ।
इन्गेजमेन्ट भएदेखि नै मानिसहरूले नुपुरको बारेमा विभिन्न टिकाटिप्पणी तथा चर्चा गरिरहेका छन् ।
यसैबीच नुपुरको नग्न फोटोसुट सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा उनको नग्न फोटोशूट अर्का अभिनेता रणवीर सिंहसँग तुलना भइरहेको छ ।
यो नुपुर नग्न फोटोशूट होइन तीन वर्ष पूरानो हो ।
२०१९ मा उनले आफ्नो इन्स्टाग्राममा दुई तस्विर सेयर गरेका थिए । यी तस्वीरहरूमा नुपुर बिना कपडा मैदानमा दौडिरहेको देखिन्छ । ती मध्ये एक मोनोक्रोम फोटो हो, जबकि अर्को रंगीन छ। तस्विर शेयर गर्दै उनले दौडिएको लामो क्याप्सन लेखेका थिए ।
अहिले नुपुरको यो फोटोशूटलाई लिएर मानिसहरूले प्रतिक्रिया दिइरहेका छन् र उनलाई रणवीर सिंहको फोटोशूटसँग तुलना गरिरहेका छन् ।
केही महिना अगाडि रणवीर सिंहले पेपर म्यागजिनको लागि नग्न फोटोशूट गराएका थिए ।
रणवीरको नग्न फोटोशूटलाई लिएर निकै विवाद भएको थियो ।
नुपुर आइरा खानसँग दुई वर्षदेखि रिलेशनमा छन् ।
नुपुर सेलिब्रेटी फिटनेस ट्रेनर भएको बताइएको छ ।