
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका पदाधिकारीहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्ने विषयमा निर्वाचन आयोगलाई पत्र लेखेर जानकारी माग गरेका छन्।
राष्ट्रिय सभाध्यक्षको निजी सचिवालय उपसचिव सुशीला आचार्यले असोज ६ गते निर्वाचन आयोगलाई पत्र लेखेको हो।
पत्रमा लेखिएको छ,'प्रस्तुत विषयमा संघीय संसद प्रतिनिधिसभाको निर्वाचन २०७९ मंसिर ४ गतेका लागि घोषणा भई सम्मानित निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रमको कार्यतालिका समेत प्रकाशन भइसकेको सन्दर्भमा नेपालको संविधान बमोजिम २०७४ सालमा गठन भएको प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ।'