
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेको थियो ।
जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि थियो ।
पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटनसंगै नेक्सन ईभी प्राईम सार्वजनिक गरेको थियो ।
जसमा अवलोकन गर्न आइपुगेका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
“न्यु फरेभेर“ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।
“हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्च्यातका सेवा सुविधा बारे बुझ्न आउनुहुने भेट्यौं जहाँ गाडीको बारे वहाँ हरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो,’सिप्रदीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बिहिवार शुरु गरिएको ईभी एक्स्पो चार दिन सम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता रहेको थियो ।
काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका थिए ।