×

NMB BANK
NIC ASIA

एयरपोर्ट भन्सारबाट उम्किएको १४ करोड बराबरको ३३ किलो सुन प्रहरीद्वारा बरामद

कात्तिक २०, २०७४

NTC
Premier Steels
gold_suit_cace_1काठमाडौं २१, पुस — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दुबईबाट गैर कानूनी ढंगले आएको ३३ किलो सुन काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको छ । एयर अरेबियाको जहाज हुँदै बिहिवार दुबइबाट आएको सो सुन प्रहरीले पक्राउ गरेको हो ।

एयरपोर्टमा रहेको भन्सार विभागले तस्करीको सुनलाई उन्मुक्ति दिएको भएपनि बाहिर निस्कने वित्तिकै प्रहरीले पक्राउ गर्न सफल भएको छ । सिआइबीकी एसपी मिरा चौधरीले झण्डै ३३ किलो सुन र संलग्न तीन जना पक्राउ परेको लोकान्तरलाई बताइन् । उनका अनुसार एयरपोर्टबाट बाहिर निस्कने वित्तिकै सिआइबीले सुन बरामद गरेको हो ।

सुनसँगै चौधरीले बाँकेका ४३ वर्षीय गोपालबहादुर शाही, मोरङका ३२ वर्षीय दिनबन्धु थापा र धनुषाका ३२ वर्षीय सन्तोष काफ्ले पक्राउ परेको बताइन् । शाही हिँजो दुबइबाट आएका थिए । साथी सहित सुन लिन गएका शाही र उनका साथीहरु पक्राउ परेका हुन् ।

प्रहरीले सुन र पक्राउ परेका तीनलाई गौशाला प्रहरी बृत्तमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले पहिले शाहीलाई मात्रै पक्राउ गरेको थियो । केरकारको क्रममा थप दुई जना पनि संलग्न रहेको शंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुटकेसमा बलियोसँग प्याक गरेर सुन ल्याएइएको प्रहरीले फेला परेको थियो । अत्यन्तै बाक्लो प्याकिङको कारणले खोल्न समेत अप्ठ्यारो परेको प्रहरीले जनाएको छ ।

चौधरीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको जानकारी दिइन् । ‘शुरुमा १५ किलो आकलन गरिएकोमा अहिले लगभग ३३ किलो सुन बरामद भएको छ,’ उनले भनिन, ‘अत्यन्तै बाक्लो तरिकाले प्याकिङ भएकोले निकाल्न कठिन भयो ।’  बरामद सुनमा विस्कुट आकारको २ सय ८२ पिस सुन रहेको छ । त्यस्तै १९ औंठी र १८ सिक्रि पनि रहेका छन् ।

एयरपोर्ट बाहिर आउनुपूर्व विदेशबाट आएको लगेजलाई एयरपोर्टको भन्सारले चेकजाँच गर्छ । आफ्नो नाकै मुनिबाट भन्सारका कर्मचारीले तस्करीको सुन उम्काएपछि प्रहरीले उनीहरूकै सुन तस्करीमा संलग्नता रहेको हुन सक्ने आशंका गरेको छ ।

एयरपोर्ट भन्सारका कर्मचारीहरूसँगको मिलेमतो बिना ठूलो परिमाणको सुन एयरपोर्टबाट बाहिर आउन सक्दैन । भन्सारले एयरपोर्टमा एक्सरे मार्फत लगेज जाँच गर्छ । विमानस्थलको सुरक्षा हेर्ने प्रहरीका एक उच्च अधिकारीले वदेशबाट आएको यात्रुसँग सुन फेला परेको बारे थाहा नभएको प्रतिक्रिया दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले चाही यो बिषय आफूहरुको जिम्मेवारी भन्दा बाहिरको बिषय भएको बताए । ‘हाम्रो चासो विमान सुरक्षिता उडाउ र अवतरणमा हो, अरु सबै काम भन्सार र सुरक्षाले गर्छ ।’

एक किलोमा ८० तोला सुन रहेको हुन्छ । प्रहरीले २ हजार ६ सय ४० तोला सुन पक्राउ गरेको हो । सो सुनको बजार मुल्य झण्डै १४ करोड रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार छलेर यति ठूलो परिमाणमा सुन पक्राउ परेको यो पहिलो घटना हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x