२७ असार २०८३, शनिबार

चाडपर्व लक्षित बजार अनुगमन सुरु

चाडपर्व लक्षित बजार अनुगमन सुरु
सन्दर्भ तस्बिर

नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् । 

स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले अनुगमन सुरु गरेका हुन् । चाडपर्वको मौका छोपी कृत्रिम अभाव गर्ने र महँगी बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि अनुगमन सुरु गरिएको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बताइन् । नगर क्षेत्रभित्र सञ्चालित खाद्यान्न पसलमा अनुगमन थालिएको र यो निरन्तर रहने उनको भनाइ छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गर्ने गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले पनि बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पनि कार्य क्षेत्रभित्रका पाँच जिल्लामा अनुगमन निरन्तर राखेको प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्