३० असार २०८३, मंगलबार

चितवन पुगेर प्रचण्डले भने – मलाई प्रधानमन्त्री बन्ने अफर छ तर रेसमा छैन

चितवन पुगेर प्रचण्डले भने – मलाई प्रधानमन्त्री बन्ने अफर छ तर रेसमा छैन
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएका छन् ।

गृहजिल्ला चितवन पुगेर प्रेस सेन्टर नेपालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने रेसमा नरहेको बताए ।

उनले भने, ‘चाहेको भए २०७४ सालको चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो, फैसला तपाईंहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दैगर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’

प्रचण्डले जीवनको उत्तरार्द्धमा अब आफू आर्थिक क्रान्तिमा लाग्ने बताए । ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्छ । भरतपुर महानगर र चितवनमा के भइरहेको छ भनेर यहाँको विकासले बोलिराखेको छ । देशको मध्यभागमा रहेको चितवनको विकासको मोडल देशभरका लागि सन्देश बन्नुपर्छ । यो चितवनको मात्र होइन राष्ट्रको सवाल हो,’ उनले भने, ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वयमा छु । समृद्धिका लागि खर्बाैंको परियोजना कसरी ल्याउन सकिन्छ भनेर लागेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्