![चिया बेचेर पैसा कमाउँदै सुन्दरी प्रतियोगिता जितेकी मोडल सिमरन [भिडियो]](https://lktcdn2.prixacdn.net/media/simran_gupta_QrvDYVo5Un.jpg)
मोडलिङ क्षेत्रमा स्थापित तथा सुन्दरी प्रतियोगिता जितेर ‘मिस गोरखपुर’ बनेकी सिमरन गुप्ता यतिबेला चिया बेच्ने काम गरिरहेकी छन् । उनी भारतको गोरखपुरमा मोडलिङमा स्थापित थिइन् तर यतिबेला चिया पसल थापेर पैसा कमाइरहेकी छन् ।
उनी सन् २०१८ मा ‘मिस गोरखपुर’ बनेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले भनिन्, ‘मोडलिङ क्षेत्रमा पनि मलाई राम्रै थियो तर कोरोनाका कारण असर पर्यो । त्यसैले मैले चिया पसल थापे । मैले परिवारलाई सहयोग गर्नु अनिवार्य थियो ।’
उनले पसलको नाम ‘मोडल चियावाली’ राखेकी छन् । उनले भनिन्, ‘पसलको नामसँग मेरो शौख पनि जोडिएको छ ।’
सिमरनका एक भाइ अपाङ्गता भएका छन् । उनले भनिन्, ‘परिवारको कमाइ सीमित थियो । एक ठाउँ काम गरें तर तलब कैयौं महिलासम्म पाइएन । त्यसैले मैले यो काम शुरू गरें । जब महिला हरेक काममा अगाडि छन् भने यो काममा पछाडि किन हुने ?’
सिमरनले आफूले सामाजिक सञ्जाल र मिडियाबाट धेरै साथ पाएको बताइन् । उनका आमाबुवाले उनलाई कुनै पनि काम सानो–ठूलो नहुने शिक्षा दिएका छन् ।
हेर्नुहोस् भिडियो –