१७ असार २०८३, बुधबार

सुनिल ग्रोभरको जन्मदिन आज, जान्नुस् उनको प्रगति कथा

कात्तिक २०, २०७४
सुनिल ग्रोभरको जन्मदिन आज, जान्नुस् उनको प्रगति कथा

काठमाडौं, १९ साउन — सुनिल ग्रोभर एक फिल्म अभिनेता र हास्यकलाकार हुन् । कमेडी नाइट्स विथ कपिलबाट सुनिल प्रसिद्ध भएका हुन् ।


उनको जन्म सन् १९७७ मा हरियाणाको डबवालीमा भएको हो ।

द कपिल शर्मा शोमा सुनिलले रिंकु भाभी, गुत्थी र डाक्टर मशहूर गुलाटी जस्ता पात्र खेलेर धेरै प्रशंसक बटुलेका छन् । अस्ट्रेलियाबाट फर्किंदा सहकलाकार कपिल शर्मासँग झगडा परेपछि सुनिलले कपिलको शो चटक्कै छोडिदिए ।

तर अहिले सुनिल फेरि कपिलको शोमा रिंकु भाभी बनेर आउने खबर सार्वजनिक भएको छ ।

यसबीचमा उनले स्टेज शोहरू गरे अनि केही अवार्ड शो पनि होस्ट गरे । हालै नेसनल जुलरी अवार्ड शोमा पनि उनी रिंकु भाभी बनेर आएका थिए ।

सुनिलले स्कूलको पढाइ आर्य विद्या मन्दिर सिरसाबाट पूरा गरेका हुन् । उनले गुरु नानक कलेज हरियाणाबाट स्नातक गरेपछि अभिनयमा मन रमेर थिएटरमा मास्टर्स गरेका थिए ।

सुनिलले अभिनय करीयरको शुरुवात जसपाल भट्टीका साथ गरेका थिए । 'लल्ला चला हिरो बन्ने' नामक टीभी सिरियलमा उनले दर्शकलाई हँसाएका थिए ।

सुनिल विवाहित छन् र उनका एक छोरा पनि छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्