११ असार २०८३, बिहीबार
हिमपहिराे

पाँच सय आरोही पुगेको मनास्लुमा हिउँ पहिरो, एक दर्जन पर्यटक हराएको अनुमान

पाँच सय आरोही पुगेको मनास्लुमा हिउँ पहिरो, एक दर्जन पर्यटक हराएको अनुमान

मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । पहिरोका कारण एक दर्जन पर्यटक हराइरहेका छन् । मनास्लु हिमाल आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ जना आरोही तथा सहयोगी पुगेका छन् । त्यसमध्ये १२ जना हराएको अनुमान भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले बताए । 

अध्यक्ष बास्तोलका अनुसार चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरभन्दा माथि तेस्रो र चौथो क्याम्पबाट पहिरो गएको देखिएको छ ।  पहिरोले एक दर्जन पर्यटक तथा नेपाली सहयोगी परेको अनुमान गरिएको भए पनि खोजी र उद्दार कार्य भइरहेको छ । 

के, कति बेपत्ता भएका छन भन्ने विषयमा उद्धार गरेपछि मात्रै थाहा हुने बास्तोलाले बताए । उक्त क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालन भइसकेको छ । तर, मौसममा आएको खराबीका कारण उद्धार हुन नसक्दा त्यहाँ भएको पर्यटक तथा नेपाली सहयोगी आतंकित भएको पनि बास्तोलले बताए । मौसमले साथ दिनासाथ भटाभट उद्दार हुने पनि उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्