०२ साउन २०८३, शनिबार

रुसको एक विद्यालयमा गोलाबारी, कम्तिमा पाँच बालबालिकाको मृत्यु

असोज १०, २०७९
रुसको एक विद्यालयमा गोलाबारी, कम्तिमा पाँच बालबालिकाको मृत्यु

रुसको उदमुर्तिया क्षेत्रको विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ बालबालिकाको मृत्यु भएको छ । रुसको पश्चिमी शहर इजेभस्कको एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको रुसी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै सीएनएनले जनाएको छ । 

रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना बालबालिका छन् । 

मृतकमध्ये केही आक्रमणकारी हुनसक्ने समाचारमा जनाइएको छ । आक्रमणकारीहरूले बालबालिकामाथि अन्धाधुन्ध गोली चलाएर आफैलाई पनि गोली हानेको हुनसक्ने क्षेत्रीय सरकारका प्रमुख अलेक्ज्याण्डर ब्रेचालोभनले बताए । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 

ब्रेचालोभनले विद्यालयलाई खाली गराइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्