०९ साउन २०८३, शनिबार

अमेरिकामा गर्भपतन बन्द भएपछि खुल्यो पोल ! आमाले छोरीका प्रेमीको गर्भ बोकेपछि ...

असोज १०, २०७९
अमेरिकामा गर्भपतन बन्द भएपछि खुल्यो पोल ! आमाले छोरीका प्रेमीको गर्भ बोकेपछि ...

अमेरिकामा हालै कानून संशोधन गरेर गर्भपतन सेवालाई बन्द गरिएको छ । त्यसको चपेटामा कतिपय व्यक्ति परिरहेका छन् ।

पछिल्लो घटनाअनुसार अमेरिकाकी युवती वेनेसा बिदा मनाउन मेक्सिको गएकी थिइन् । त्यतिबेला उनका प्रेमी घरमै थिए ।

आफू बाहिर रहेको र प्रेमी घरमै रहेका बेला अमेरिका सरकारले गर्भपतन बन्द गर्ने कानून ल्यायो । त्यसपछि वेनेसाले गर्भपतन कानूनबारे कुराकानी गर्न चिनजानका महिलालाई फोन गरिरहेकी थिइन् ।

त्यसैक्रममा वेनेसाले आफ्नी आमालाई पनि फोन गरिन् । उनी घरमै थिइन् । जब उनले गर्भपतन बन्द भएको कुरा गरिन्, त्यसपछि आमा रुन थालिन् । वेनेसा अचम्ममा परिन् ।

गर्भपतन कानूनले आमा दुःखी हुनुपर्ने कुनै कारण नरहेको सोचेर उनले फेरि आमालाई २ दिनपछि फोन गरिन् । तैपनि उनकी आमा रोइरहेकी थिइन् । आमाले आफू गर्भवती रहेको जानकारी वेनेसालाई दिइन् ।

यो सुनेर वेनेसा धेरै उत्सुक भइन् । किनकि उनी दिदी बन्नेवाली थिइन् । तर जब वेनेसाले आफ्ना प्रेमीको गर्भ आमाले बोकेका थाहा पाइन्, तब उनी आक्रोशित भएकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वेनेसा नशामा थिइन्, त्यसैले आमाले शुरूमा भनेको कुरा पत्याइनन् । त्यसपछि फेरि आमालाई फोन गरेर सोधिन् । आफ्ना प्रेमीको गर्भ आमाले बोकेको थाहा पाएपछि वेनेसाले आमा र प्रेमी दुवैलाई ‘ब्लक’ गरेकी छन् ।

वेनेसा यतिबेला छुट्टै बस्न थालेकी छन् । उनलाई फकाउन प्रेमी र आमाले थुप्रै प्रयास गरे पनि सफल हुन सकेनन् ।

salt training

कमेन्ट गर्नुहोस्