२६ असार २०८३, शुक्रबार

आन्तरिक लेखापरीक्षण गराउन मन्त्रालयहरुलाई महालेखा परीक्षकको कडा निर्देशन

कात्तिक २०, २०७४
आन्तरिक लेखापरीक्षण गराउन मन्त्रालयहरुलाई महालेखा परीक्षकको कडा निर्देशन

काठमाडौं, १९ साउन– महालेखा परीक्षकको कार्यालयले सबै मन्त्रालयले आन्तरिक लेखापरीक्षण समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । महालेखापरीक्षक टंकमणि शर्माले बुधबार सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिव, सर्वाेच्चका मुख्य रजिष्टार, व्यवस्थापिका संसद्का सचिवलगायतलाई महालेखाले यस वर्षको लेखापरीक्षण आरम्भ गरेको बताउँदै लेखा परीक्षकलाई प्रलोभनमा पार्ने र दबाब दिने काम नगर्न कडा निर्देशन दिए ।

महालेखा कार्यालयले ५५औं वार्षिक प्रतिवेदन तयारीका लागि लेखापरीक्षण आरम्भ भएको जानकारी दिन बुधवार राजधानीमा सरकारका मुख्यसचिवसहित जिम्मेवार शाखा प्रमुखहरुसँग छलफल आयोजना गरेको थियो । उनले मुख्यसचिव र अन्य सचिवहरुलाई आफ्नो मन्त्रालयको लेखापरीक्षणको जिम्मेवारी नलिए देशको लेखा प्रणाली सुधारका लागि कारबाही पनि हुन सक्ने चेतावनी दिए ।

कार्यक्रममा महालेखा परीक्षक शर्माले यस वर्ष ५० खर्बको लेखापरीक्षण गरिने बताएका थिए । शर्माले यस वर्ष सरकारको विगतको बाँकी, विनियोजित बजेटको मौज्दात र सार्वजनिक संस्थानको लेखापरीक्षण गर्ने बताए ।

कार्यक्रममा सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले महालेखा परीक्षकको कार्यालयले राम्रो सुरुवात गरेको भन्दै देशको आन्तरिक लेखा परीक्षकलाई कडाईका साथ लागू गर्दा कर्मचारी संयन्त्रको कार्यप्रणाली सुधार्न सहयोग पुर्याउने प्रतिबद्धता जनाए । उनले लेखापरीक्षण र बजेट निर्माण प्रणाली पुरानै ढर्राको भएको र मन्त्रालयका सचिवहरु पनि यो विषयमा जिम्मेवार नहुने भएकाले समस्या आइरहेको बताए । देशको विकासलाई गति दिन लेखापरीक्षणलाई चुस्त बनाउनु पहिलो आवश्यकता भएकोमा उनले जोड दिए ।

महालेखाको कार्यालयले यस वर्ष ३ चरण हुने लेखापरीक्षणको पहिलो चरण शुरु भइसकेको जनाएको छ । पहिलो चरणमा केन्द्रका मन्त्रालय, विभाग, कार्यालयसहित उपत्यकाका ३ जिल्ला र १० हिमाली जिल्लामा लेखापरीक्षण शुरु भएको हो । यसका लागि दशैंअगाडि नै काम सक्ने गरी ४ सय ५० जना लेखा परीक्षक खटाइसकेको कार्यालयले जनाएको छ ।

दोस्रो चरणमा ३१ जिल्ला र बाँकी रहेकालाई तेस्रो चरणमा लेखापरीक्षण गर्नेगरी तयारी भइरहेको कार्यालयले जनाएको छ । लेखापरीक्षणको सम्पूर्ण काम चैतसम्म सकिने भनिएको छ ।

महालेखा परीक्षकको कार्यालयले ५५औं प्रतिवेदनमा ४५ सय सरकारी कार्यालयसहित, मन्त्रालय, विभाग, बोर्ड, समिति र सार्वजनिक संस्थान गरी जम्मा ५ हजार ५ सय निकायको लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि स्थानीय निकायको पनि लेखापरीक्षण गर्ने भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सबै मन्त्रालयले आन्तरिक लेखापरीक्षण समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । महालेखापरीक्षक टंकमणि शर्माले बुधबार सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिव, सर्वाेच्चका मुख्य रजिष्टार, व्यवस्थापिका संसद्का सचिवलगायतलाई महालेखाले यस वर्षको लेखापरीक्षण आरम्भ गरेको बताउँदै लेखा परीक्षकलाई प्रलोभनमा पार्ने र दबाब दिने काम नगर्न कडा निर्देशन दिए ।

महालेखा कार्यालयले ५५औं वार्षिक प्रतिवेदन तयारीका लागि लेखापरीक्षण आरम्भ भएको जानकारी दिन बुधवार राजधानीमा सरकारका मुख्यसचिवसहित जिम्मेवार शाखा प्रमुखहरुसँग छलफल आयोजना गरेको थियो ।

उनले मुख्यसचिव र अन्य सचिवहरुलाई आफ्नो मन्त्रालयको लेखापरीक्षणको जिम्मेवारी नलिए देशको लेखा प्रणाली सुधारका लागि कारबाही पनि हुन सक्ने चेतावनी दिए । कार्यक्रममा महालेखा परीक्षक शर्माले यस वर्ष ५० खर्बको लेखापरीक्षण गरिने बताएका थिए । शर्माले यस वर्ष सरकारको विगतको बाँकी, विनियोजित बजेटको मौज्दात र सार्वजनिक संस्थानको लेखापरीक्षण गर्ने बताए ।

कार्यक्रममा सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीले महालेखा परीक्षकको कार्यालयले राम्रो सुरुवात गरेको भन्दै देशको आन्तरिक लेखा परीक्षकलाई कडाईका साथ लागू गर्दा कर्मचारी संयन्त्रको कार्यप्रणाली सुधार्न सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

उनले लेखापरीक्षण र बजेट निर्माण प्रणाली पुरानै ढर्राको भएको र मन्त्रालयका सचिवहरु पनि यो विषयमा जिम्मेवार नहुने भएकाले समस्या आइरहेको बताए । देशको विकासलाई गति दिन लेखापरीक्षणलाई चुस्त बनाउनु पहिलो आवश्यकता भएकोमा जोड दिए ।

महालेखाको कार्यालयले यस वर्षको ३ चरण हुने लेखापरीक्षणको पहिलो चरण शुरु भइसकेको जनाएको छ । पहिलो चरणमा केन्द्रका मन्त्रालय, विभाग, कार्यालयसहित उपत्यकाका ३ जिल्ला र १० हिमाली जिल्लामा लेखापरीक्षण शुरु भएको हो । यसका लागि दशैंअगाडि नै काम सक्ने गरी ४ सय ५० जना लेखा परीक्षक खटाइसकेको कार्यालयले जनाएको छ ।

दोस्रो चरणमा ३१ जिल्ला र बाँकी रहेकालाई तेस्रो चरणमा लेखापरीक्षण गर्नेगरी तयारी भइरहेको कार्यालयले जनाएको छ । लेखापरीक्षणको सम्पूर्ण काम चैतसम्म सकिने भनिएको छ ।

महालेखा परीक्षकको कार्यालयले ५५औं प्रतिवेदनमा ४५ सय सरकारी कार्यालयसहित, मन्त्रालय, विभाग, बोर्ड, समिति र सार्वजनिक संस्थान गरी जम्मा ५ हजार ५ सय निकायको लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि स्थानीय निकायको पनि लेखापरीक्षण गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्