०१ असार २०८३, सोमबार

यसरी बनाउनुस् स्वादिष्ट पुलाउ

कात्तिक २०, २०७४
यसरी बनाउनुस् स्वादिष्ट पुलाउ

काठमाडौं, १९ साउन — पुलाउ मीठो खानेकुरा हो । धेरैजनालाई पुलाउ मन पर्छ । आज हामी तपाईंलाई पुलाउ बनाउन सिकाउँछौं ।


सामग्री

एक चम्चा तेल
डेढ चम्चा घिउ
एक चम्चा जीरा
१२० ग्राम प्याज
एउटा काटिएको लसून
८० ग्राम गाजर
१७० ग्राम आलु
४५ ग्राम मटर
१४० ग्राम टमाटर
९० ग्राम भेडे खुर्सानी
एक चम्चा पाउभाजी मसला
दुईवटा रातो खुर्सानी
आधी चम्चा बेसार
एक चम्चा पानी
४०० ग्राम भात (छुट्टै पकाएको)
एक चम्चा नून
एक चम्चा कागतीपानी

विधि
एक प्यानमा घिउ र तेल हाल्नुस् र त्यसमा जीरा, प्याज, अदुवा र लसून हालेर मज्जाले भुट्नुस् ।

अब यसमा गाजर, आलु र मटर हालेर मज्जाले मिसाउनुस् अनि बिर्को लगाएर तीनदेखि पाँच मिनेटसम्म पकाउनुस् । त्यसपछि त्यसमा टमाटर र भेडेखुर्सानी हाल्नुस् ।

अब यसमा पाउभाजी मसला, रातो खुर्सानी, बेसार र पानी हालेर फेरि मिसाउनुस् र बिर्कोले ढाकेर तीनदेखि पाँच मिनेटसम्म पकाउनुस् ।

अब यसमा भात हालेर मज्जाले मिसाउनुस् । त्यसमाथि नून र कागतीको रस हाल्नुस् ।

पुलाउ तयार भयो । अब यसमाथि धनियाँ हालेर सजाउनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्