
नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली चेलीहरूले लेखेको 'छोरीले जन्माएका आमाहरू' बबजारमा आएको छ ।
पुस्तकमा १२ जना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।
आमाहरूले विभिन्न समयमा देखेको, भोगेको र बाँचेको समाजको कथा पुस्तकमा समावेश गरिएको छ ।
पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको बताइएको छ ।
लेखक तथा अभियन्ता सन्तोष परियारले यो पुस्तक विद्रोही एवम् एकल आमाहरूको कथा भएको बताए ।
पुस्तकमा छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र नभई नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।
यस पुस्तकमा कमला न्यौपाने, कल्पना तमाङ, उमा शर्मा, मिरा बस्ने, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा,ईन्द्र गुरौ, सन्जिता बराइली निर्मल राइ र मोनिका आचार्यको संयुक्त लेखन रहेको छ ।
पुस्तकलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो ।