१९ असार २०८३, शुक्रबार

१२ नेपाली चेलीहरूको 'छोरीले जन्माएका आमाहरू' बजारमा

१२ नेपाली चेलीहरूको 'छोरीले जन्माएका आमाहरू' बजारमा

नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली चेलीहरूले लेखेको 'छोरीले जन्माएका आमाहरू' बबजारमा आएको छ । 

पुस्तकमा १२ जना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।

आमाहरूले विभिन्न समयमा देखेको, भोगेको र बाँचेको समाजको कथा पुस्तकमा समावेश गरिएको छ । 

पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको बताइएको छ ।

लेखक तथा अभियन्ता सन्तोष परियारले यो पुस्तक विद्रोही एवम् एकल आमाहरूको कथा भएको बताए । 

पुस्तकमा छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र नभई नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् । 

यस पुस्तकमा कमला न्यौपाने, कल्पना तमाङ, उमा शर्मा, मिरा बस्ने, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा,ईन्द्र गुरौ, सन्जिता बराइली निर्मल राइ र मोनिका  आचार्यको संयुक्त लेखन रहेको छ ।

पुस्तकलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्