
काठमाडौं, १९ साउन – तीजको छेकोमा चलचित्र ‘रोमियो एण्ड मुना’ को गीत सार्वजनिक भएको छ । फिल्मको तीज विशेष गीतलाई चलचित्र युनिटले युट्युबमार्फत सार्वजनिक गरेको हो ।
‘डानसमा म एक नम्बर’ बोलको गीतमा कोशिश क्षेत्रीको संगीत, दिनेश राउतको शब्द छ । गीतमा मीना निरौला, झुमा निरौला, दीपा लामाको स्वर रहेको छ ।
भेडेटारको नाम्चे गाउँमा छायांकन गरिएको उक्त गीतलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा बसुन्धरा भुसाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेका छन् ।
नब्बे प्रतिशत छायांकन सकिएको चलचित्र यही वर्षको माघ २६ गते प्रदर्शनमा आउँदैछ ।