०८ साउन २०८३, शुक्रबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो १०६ जना कर्मचारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो १०६ जना कर्मचारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न १० पदमा १०६ जना कर्मचारी मागेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी कम्पनीले शुक्रबार दरखास्त आह्वान गरेको हो । 
सूचनाअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले २१ दिनभित्र दरखास्त आह्वान गर्न सक्नेछन् ।

जसअनुसार विभागीय प्रबन्धक २, सहविभागीय प्रबन्धक ६, वरिष्ठ अधिकृत ६, अधिकृत, १०, वरिष्ठ सहायक १९, अटोमिल मेकानिक्स १, मिल अपरेटर १, सहायक ६१ जना माग भएको छ । सबै पदमा गरी  आवेदन कम्पनीको वेबसाइटमा गएर अनलाइनमार्फत दिन सकिनेछ  ।

salt training

कमेन्ट गर्नुहोस्