कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
असोज १४, २०७९
नेकपा एमाले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार चयनको आन्तरिक तयारीमा छ । केन्द्रीय सचिवालयमा सम्भावित उम्मेदवार चयनका लागि छलफल शुरू भएको छ ।
बुधवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा पदाधिकारीहरूको बैठकमा सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल भएको एमालेका नेताहरूले बताएका छन् ।
बिहीवार बसेको सचिवालय बैठकमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार चयनबारे छलफल भएको छ ।
सत्तारूढ पाँचदलीय गठबन्धनको घेराबन्दीका बीचमा चुनावी प्रतिस्पर्धामा जान लागेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट बहुमत ल्याउने र सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारकोरूपमा अगाडि सारेको छ ।
प्रतिनिधि सभाको २७५ सीटमध्ये सरकार गठनका लागि न्यूनतम १३८ सिट आवश्यक पर्छ । एमालेको बेन्चमा १३८ सिट पुर्याउनका लागि उम्मेदवार चयन पनि सोहीअनुसार हुनुपर्ने एमाले नेताहरूले बताउने गरेका छन् ।
देशको राजधानी रहेको काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमध्ये कम्तिमा ५ निर्वाचन क्षेत्र एमालेले जित्ने विश्लेषणसहितको सूची एमालेमा तयार भएको छ ।
उम्मेदवार चयन र प्रभावकारीरूपमा चुनावी अभियान चलाउन सक्दा काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा जित्न सकिने विश्लेषणसहितको रिपोर्ट केन्द्रीय सचिवालयमा पुगेको छ ।
हुन त २०६४ को चुनावमा एमालेले काठमाडौंको १० वटै निर्वाचन क्षेत्र जित्ने विश्लेषण गरेको थियो । तत्कालीन माओवादीले काठमाडौंमा चुनावी तालमेलको प्रस्ताव गर्दा एमालेका नेताहरूले काठमाडौंको १० वटै निर्वाचन क्षेत्र एमालेको जित्ने निश्चित भएको र ११ औं निर्वाचन क्षेत्रमा तालमेल गर्न सकिने भन्दै माओवादीलाई होच्याएका थिए । तर, त्यसबेला एमालेले काठमाडौंमा एउटा निर्वाचन क्षेत्रमा पनि जीत निकाल्न सकेन ।
२०७० मा भएको संविधानसभाको दोस्रो चुनावमा काठमाडौंमा एमालेले ३ वटा क्षेत्रमा मात्रै जीत निकालेको थियो । काठमाडौं– २ मा माधव नेपाल, काठमाडौं– ३ मा रामेश्वर फुयाल र काठमाडौं– ७ मा रामवीर मानन्धर निर्वाचित भएका थिए ।
तर, काठमाडौं– २ मा भएको उपचुनावमा भने कांग्रेसका दीपक कुइँकेल विजयी भएका थिए ।
माधव नेपाल काठमाडौं र रौतहटबाट निर्वाचित भएकाले नेपालले रौतहट रोजेर काठमाडौं छाडेका थिए । सोही कारण उप–चुनाव भएको थियो ।
२०७४ को चुनावमा एमालेले १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा जीत निकालेको थियो । त्यसबेला एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेबाट उम्मेदवार भएको काठमाडौं– २ मा माधवकुमार नेपाल, काठमाडौं– ३ मा कृष्णबहादुर राई, काठमाडौं– ५ मा ईश्वर पोखरेल, काठमाडौं– ७ मा रामवीर मानन्धर, काठमाडौं– ८ मा जीवनराम श्रेष्ठ र काठमाडौं– ९ मा कृष्णगोपाल श्रेष्ठले चुनाव जितेका थिए ।
त्यसमध्ये माधव नेपाल र जीवनराम श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा छन् ।
एमालेले आगामी चुनावमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कमल थापा नेतृत्वको राप्रपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग चुनावी सहकार्यको तयारी गरिरहेको छ ।
काठमाडौंबाट प्रतिनिधित्व गर्ने एमालेका एक नेता भन्छन्, ‘अहिलेको प्रारम्भिक आकलन हो । प्रतिस्पर्धी दलहरूले ल्याउने उम्मेदवार हेरेपछि चुनावी परिणामको बारेमा अझ नजिकको आकलन गर्न सकिन्छ ।’
उनी भन्छन्, ‘हाम्रो प्रयास त सबै निर्वाचन क्षेत्रमा जित्ने भन्ने हुन्छ । हामीले यसअघि चुनाव हारेका ठाउँमा पनि २/३ हजार मतले मात्रै हारेका छौं । मेहनत गर्दा त्यसलाई रिकभर गर्न सकिने हुन्छ ।’
काठमाडौं– १ मा कांग्रेसबाट प्रकाशमान सिंह उम्मेदवार हुने चर्चा छ । एमाले र राप्रपा सहकार्य भएको अवस्थामा एमालेले काठमाडौं– १ राप्रपालाई छाड्ने तयारी रहेको एमालेका नेताहरू बताउँछन् ।
काठमाडौं– १ बाट उम्मेदवार बन्ने गरी रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद लिएर पार्टी प्रवेश गरेका छन् ।
राप्रपा प्रवेश गर्नुअघि उनले एमाले अध्यक्ष ओलीलाई भेटेर चुनावी सहकार्यको प्रस्ताव गरेका छन् । ओलीको ग्रीन सिग्नल पाएपछि मिश्र चुनावी तयारीमा जुटेका छन् ।
काठमाडौं– २ बाट उम्मेदवार हुँदै आएका माधव नेपालले पार्टी छाडेका छन् । त्यसमाथि पनि उनी यसपटक काठमाडौं छाडेर रौतहटबाट उम्मेदवार बन्ने तयारीमा रहेको उनी निकट नेताहरू बताउँछन् ।
त्यसो हुँदा आगामी चुनावमा राप्रपाको सहयोगमा काठमाडौं– २ एमालेले जित्न सक्ने विश्लेषण एमालेभित्र छ ।
काठमाडौं– २ मा स्थानीय तह निर्वाचनको मत हेर्दा एमालेभन्दा गठबन्धन थोरै मतले मात्रै अगाडि छ । काठमाडौं– २ मा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादी केन्द्रले ३ हजार १३१ मत पाएको छ । एमाले र राप्रपाको मत जोड्दा २४ हजार ५२८ मत हुन्छ । गठबन्धनमा रहेका दलहरूको मत २५ हजार १७० हुन्छ ।
मत विश्लेषणको आधारमा एमालेले काठमाडौं– २ लाई जित्न सकिने निर्वाचन क्षेत्रको रूपमा हिसाब गरेको छ ।
२०७४ को चुनावमा काठमाडौं– ३ बाट कृष्ण राई विजयी भएका हुन् । एमालेको केन्द्रीय सदस्य रहेका उनी अहिले पनि उम्मेदवारकोरूपमा दाबी गरिरहेका छन् । त्यसबेला राईले १९ हजार १६९ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् ।
यसपटक पनि काठमाडौं– ३ लाई एमालेले सहज जीत निकाल्न सकिने निर्वाचन क्षेत्रकोरूपमा लिएको एमालेका नेताहरू बताउँछन् ।
काठमाडौं– ४ लाई भने एमालेले प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रको रूपमा राखेको छ । अघिल्लो चुनावमा काठमाडौं– ४ बाट कांग्रेसका गगन थापाले एमालेका राजन भट्टराईलाई ३ हजार ४११ मतले पराजित गरेका थिए । अहिले पनि उनै दुई उम्मेदवारको बीचमा चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो काठमाडौं– ५ । अघिल्लो चुनावमा उनले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ९ हजार ८६० मत बढी ल्याएका थिए । पोखरेल २३ हजार २९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत मात्रै पाएका थिए ।
यसपटक काठमाडौं– ५ मा धेरै जना स्वतन्त्र उम्मेदवारले चुनाव लड्ने घोषणा गरेका छन् । उम्मेदवार धेरै हुँदा त्यसको फाइदा एमालेलाई नै हुने एमाले नेतृत्वको विश्लेषण छ ।
गठबन्धनमा काठमाडौं– ५ कांग्रेसले पाउने र डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने चर्चा छ । स्वतन्त्र उम्मेदवारले एमालेको भन्दा बढी कांग्रेसकै मत काट्ने विश्लेषण एमालेका नेताहरू सुनाउँछन् । सोही कारण एमालेले यो क्षेत्रलाई पनि जित्न सकिने क्षेत्रका रूपमा राखेको छ ।
काठमाडौं– ६ मा यसअघि कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले चुनाव जितेका थिए । एमालेले अहिले पनि उक्त क्षेत्रलाई तीब्र प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रका रूपमा विश्लेषण गरेको छ ।
२०७४ को चुनावमा एमाले–माओवादी तालमेल हुँदा उक्त क्षेत्र माओवादी केन्द्रलाई छाडेको थियो । माओवादीले झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका भीमसेनदास प्रधानले १६ हजार ७८५ मत पाउँदा सुवेदीले १५ हजार ४८५ मत पाएका थिए ।
काठमाडौं– ७ लाई भने एमालेले सहज जीत निकाल्न सकिने निर्वाचन क्षेत्रकोरूपमा हिसाब गरेको छ । उक्त निर्वाचन क्षेत्र यसअघि पनि एमालेका रामवीर मानन्धरले जितेका थिए ।
अहिले सत्तारूढ गठबन्धनमा उक्त क्षेत्र उपेन्द्र यादव नेतृत्वको जसपा वा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमध्ये एकले पाउने चर्चा छ ।
कांग्रेसले छाडेर अन्य दललाई उम्मेदवार उठाउन दिएको अवस्थामा झन् सजिलै काठमाडौं– ७ मा जीत निकाल्न सकिने विश्लेषण एमालेभित्र छ । ‘कांग्रेस बाहेकका अन्य दलको उम्मेदवार हुँदा एमालेलाई वाक–ओभर दिएजत्तिकै हो’, एमालेको काठमाडौं जिल्ला कमिटीमा रहेका एक नेताले भने ।
गठबन्धनको अहिलेसम्मको अवस्था हेर्दा जोसुकै उठे पनि जित्ने अवस्था भएकाले एमालेमा टिकटमा समेत हानथाप भइरहेको उनले बताए ।
काठमाडौं– ८ मा यसअघि एमालेबाट चुनाव जितेका जीवनराम श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । पर्यटनमन्त्री समेत रहेका श्रेष्ठ एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने चर्चा छ ।
सत्ता गठबन्धनमा सीट बाँडफाँट हुँदा काठमाडौं– ८ एकीकृत समाजवादीको भागमा परेको छ ।
एमाले विभाजन हुँदा ठूलो मत एकीकृत समाजवादीतिर नगएकाले आगामी चुनावमा पनि एमालेले नै जित्ने विश्लेषण एमाले नेतृत्वको छ ।
स्थानीय तह निर्वाचनको मत हेर्दा पनि एकीकृत समाजवादीको भन्दा एमालेकै धेरै छ । काठमाडौं– ८ मा एमालेले ९ हजार २५३ मत पाएको छ भने एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएको छ । त्यसबाहेक, कांग्रेसले १० हजार ८७२, राप्रपाले ३ हजार १६० र माओवादी केन्द्रले १८९ मत पाएको छ ।
एमाले र राप्रपाको मत जोड्दा १४ हजार ३९५ मत हुन्छ । एकीकृत समाजवादी, कांग्रेस र माओवादीको मत जोड्दा १६ हजार २०३ मत हुन्छ । एकीकृत समाजवादीको उम्मेदवारलाई कांग्रेसको मत शतप्रतिशत ट्रान्सफर नहुने विश्लेषण एमालेका नेताहरू सुनाउँछन् । तर, एमालेलाई चुनावमा मन्त्री पदको दुरूपयोग हुन सक्ने डर भने छ ।
काठमाडौं– ९ एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जित्दै आएको क्षेत्र हो । गत चुनावमा उनले फराकिलो मतान्तरले चुनाव जितेका थिए । २०७४ को प्रतिनिधि सभा चुनावमा श्रेष्ठले उनका प्रतिस्पर्धी ध्यान गोविन्द रञ्जितलाई ८ हजार ५० मतले पछि पारेका थिए । एमालेका पुराना नेता श्रेष्ठको प्रभाव क्षेत्रको रूपमा पनि काठमाडौं– ९ लाई लिइन्छ ।
अघिल्लो चुनावमा श्रेष्ठले २२ हजार ८५२ मत प्राप्त गर्दा कांग्रेसका रञ्जितले १४ हजार ८०२ मत ल्याएका थिए । त्यसबेला विवेकशील साझा पार्टीका मिलन पाण्डेले ४ हजार ९४६ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा काठमाडौं– ९ माओवादी केन्द्रको भागमा परेको चर्चा छ ।
अहिले पनि एमालेले श्रेष्ठलाई काठमाडौं– ९ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । काठमाडौं– ९ लाई एमालेले सहज जीत हुने क्षेत्रको रूपमा सूचीकृत गरेको छ ।
काठमाडौं– १० भने एमालेले जित्ने आशा नगरेको क्षेत्र हो । एमालेको नेतृत्वको विश्लेषणमा काठमाडौं –१० लाई तीव्र प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रमा राखिएको छ ।
अघिल्लो चुनावमा काठमाडौं– १० एमालेले माओवादी केन्द्रलाई छाडेको थियो । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्य पराजित भएका थिए भने कांग्रेसका राजन केसी निर्वाचित भएका थिए ।
स्थानीय तहको मत हेर्दा पनि काठमाडौं– १० मा एमाले कांग्रेसभन्दा निकै धेरै पछि छ । कांग्रेसले २४ हजार ६७५, एमाले १८ हजार ८३८ मत मात्रै पाएको छ । माओवादी केन्द्रले ४ हजार ९४२, राप्रपाले २ हजार ४९६ र एकीकृत समाजवादीले १ हजार ३४२ मत पाएको छ ।
सत्तारूढ गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट हुँदा काठमाडौं– १० कांग्रेसको भागमा परेको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...