२२ जेठ २०८३, शुक्रबार

स्वर्गीय सुशील कोइरालाको नाममा फाउण्डेसन

कात्तिक २०, २०७४
स्वर्गीय सुशील कोइरालाको नाममा फाउण्डेसन
काठमाडौं, २१ पुस–नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालको नाममा फाउण्डेसन घोषणा भएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेसनको घोषणा गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको अध्यक्षतामा ‘सुशील कोइराला मेमोरियल फाउण्डेसन’ स्थापना भएको हो । संविधानसभाबाट संविधान निर्माण गराउन प्रधानमन्त्रीका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व.कोइरालाको नामबाट लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाको संरक्षण र शुद्धिकरण गर्ने उद्देश्यका साथ फाउण्डेन स्थापना गरिएको जनाइएको छ ।

फाउण्डेसनमा कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, चित्रलेखा यादव, एनपि साउद,दिलबहादुर घर्ती, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, डा।राम थपलिया र डा।दिनेश भट्टराई लगायत सदस्य रहेका छन् ।

अाज राजधानीमा अायाेजित घाेषाणा कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्