२७ असार २०८३, शनिबार

कतारले विदेशीलाई स्थायी बसोवासको अनुमति दिने

कात्तिक २०, २०७४
कतारले विदेशीलाई स्थायी बसोवासको अनुमति दिने

काठमाडौं, २० साउन — कतारले केही विदेशीहरूलाई आफ्नो देशमा स्थायी बसोवासको अनुमति दिने योजना बनाएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ । खाडी अरब मुलुकहरूमा यो पहिलो योजना हो ।


कतारको मन्त्रिपरिषद्ले पारित गरेको एक मस्यौदा कानूनले गैरकतारीसँग बिहे गरेका कतारी महिलाका बालबालिकाका साथसाथै कतारलाई असाधारण सेवा दिने विदेशीलाई स्थायी बसोवासको अनुमति दिने कतार समाचार संस्थाले बतायो ।

‘विधेयकको प्रावधान अनुसार गृहमन्त्रीले गैरकतारीलाई स्थायी बसोवास कार्ड दिन सक्नेछन् तर उक्त व्यक्तिले कानूनले तोकेको शर्त पूरा गरेको हुनुपर्नेछ,’ मन्त्रिपरिषद्ले जारी गरेको वक्तव्यमा भनिएको छ ।

खाडी अरब मुलुकहरूमा विदेशी कामदार धेरै छन् तर विदेशीहरूलाई असाधारण अवस्थामा बाहेक देशमा स्थायी बसोवासको अनुमति दिँदैन ।

कतारको जनसंख्या २७ लाख छ र त्यहाँ तीन लाख नागरिक छन् । कतारीहरू अल्पमतमा पर्नसक्ने चिन्ताका कारण स्थायी बसोवासको अनुमति दिने गरिएको थिएन ।

स्थायी बसोवास अनुमति लिएकाहरूले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपभोग गर्न पाउँछन् । उनीहरूले सम्पत्तिमा अधिकार पाउने र कतारी पार्टनरविना नै व्यापार गर्न पाउने सुविधा प्राप्त गर्छन् ।

अहिले कफला प्रणाली कतार लगायत खाडी मुलुकमा लागू गरिएको छ र यसअन्तर्गत विदेशी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्नका लागि रोजगारदाताको अनुमति लिनुपर्ने हुन्छ ।

अल–जजीराबाट

salt training

कमेन्ट गर्नुहोस्