![पहिलो पटक संस्कृत भाषामा क्रिकेट खेलको कमेन्ट्री [भिडियाेसहित]](https://lktcdn2.prixacdn.net/media/cricket_sketch_4ib7od0YPl.jpg)
संस्कृत संसारको सबैभन्दा पुरानो भाषाहरू मध्ये एक हो । हाम्रा धर्मग्रन्थ र पुराणहरूको भाषा पनि संस्कृत हो र यसलाई देववाणी पनि भनिन्छ । अहिले पनि मन्त्र र श्लोक पाठ गरिन्छ, ती पनि संस्कृतमा गरिन्छ । भनिन्छ संस्कृत कम्तिमा ४–५ हजार वर्ष पुरानो भाषा हो, जुन आज पनि विद्यालयमा पढाइन्छ । यो फरक कुरा हो कि यो भाषा सामान्य भाषाबाट हराएको छ ।
तपाईंले धाराप्रवाह अंग्रेजीमा कमेन्ट्री सुन्नु भएको होला । तर यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एक व्यक्तिले सडक क्रिकेटमा धाराप्रवाह संस्कृतमा कमेन्ट गरिरहेका छन् । मानिसहरू उनको मुखबाट संस्कृत सुन्न मन पराउँछन् । साधारणतया कसैलाई थाहा नहुने भाषामा कमेन्ट्री सुन्न मानिसहरूलाई निकै चाखलाग्दो लाग्छ ।
भाइरल भइरहेको भिडियोमा सडकमा क्रिकेट भइरहेको छ । यसै क्रममा एक व्यक्तिले धाराप्रवाह संस्कृतमा खेलको अवस्था बताइरहेका छन् । तपाईंले अहिलेसम्म धेरै पटक नेपाली, हिन्दी, वा अंग्रेजीमा क्रिकेट खेलको कमेन्ट्री सुन्नु भएको होला, तर पहिलो पटक संस्कृतमा पनि सुनेर छक्क पर्नुहुनेछ । भिडियोमा केही स्थानीय बासिन्दाले पनि यो खेल हेरिरहेका छन् । यसैबीच संस्कृतमा कमेन्ट्री गर्ने व्यक्तिले पनि यो भिडियो बनाएका छन् । यो धेरै पुरानो भाषामा टिप्पणी सुनेर मानिसहरू छक्क पर्छन् ।
मानिसहरूले भने– यो धेरै राम्रो छ
भिडियोलाई सोसल मिडिया प्लेटफर्म ट्विटरमा शेयर गरिएको छ । ति व्यक्तिको यो बिल्कुलै फरक र रोमाञ्चक भिडियोलाई झण्डै ३ लाख पटक हेरिएको छ भने १२ हजारभन्दा बढीले लाइक गरेका छन् । २ हजारभन्दा बढी पटक शेयर गरिएको छ । भिडियोमा ती व्यक्तिले छिट्टै संस्कृत बोल्छन्, जसलाई मानिसहरूले मन पराइरहेका छन् । मानिसहरूले कमेन्टमा भनेका छन् कि ‘यो कानमा राम्रो सुनिन्छ ।’ केही प्रयोगकर्ताहरूले संस्कृतमा पनि टिप्पणी गरेका छन् ।
Sanskrit and cricket pic.twitter.com/5fWmk9ZMZy
— lakshmi narayana B.S (@chidsamskritam) October 2, 2022