०८ साउन २०८३, शुक्रबार

स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने

असोज १८, २०७९
स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने

 अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोनिसले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।

गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् । उनले साइड स्ट्रेन चोटको उपचार गराईरहेका छन् ।

स्टोनिसले सेप्टेम्बर ८ मा न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा चोट बोकेका थिए ।

अष्ट्रेलिया वेस्ट इन्डिजसँग दुई खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । पहिलो खेल अक्टोबर ५ र दोस्रो खेल अक्टोबर ७ मा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्