०३ साउन २०८३, आइतबार

पत्रकार उपचार कोषमा ६० लाख

पत्रकार उपचार कोषमा ६० लाख

नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु ६० लाख रकम जुटिसकेको छ । 

महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पु¥याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम सङ्कलन गरिरहेको महासङ्घ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । 

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा रु २५ हजार सहयोग गरेका छन्। 

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन् । 

उनले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, सङ्घसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्