×

NMB BANK
NIC ASIA

कपिलवस्तु १ का कांग्रेस कार्यकताहरूको स्पष्टीकरण : अन्य दललाई सघाउन सक्दैनौँ

असोज १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य दललाई टिकट नदिन नेतृत्वलाई खबरदारी गरेको छ । केन्द्रीय नेतृत्व गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको बेला कांग्रेस कार्यकर्ताले प्रतिनिधि सभातर्फ कपिलवस्तु १ नछाड्न खबरदारी गरेका हुन् । 

Muktinath Bank

मंगलवार तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका क्षेत्रीय समितिका नेताहरूले अन्य दललाई टिकट दिए पार्टीभित्र दुर्घटना हुनसक्ने चेतावनी पनि दिएका छन् । कांग्रेस प्रदेश सभा १(१)का सभापति दुर्गा केसीले अन्य दललाई टिकट दिए जिताउन नसकिने प्रष्ट पारे । उनले गठबन्धनमा रहेका अन्य दलभन्दा कांग्रेसको मत धेरै रहेको प्रष्ट पार्दै कांग्रेसबाहेकका दलका उम्मेदवारलाई जिताउन नसकिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनबाट उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रले टिकट पाउने चर्चा छ । अन्तिम निर्णय हुन बाँकी रहेपनि गठबन्धन दलका शीर्ष नेताहरूबीच कपिलवस्तु १ माओवादी केन्द्रलाई दिने मोटामोटी सहमति भएको स्रोतले बताएको छ । 


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा सभापति केसीले भने, ‘कांग्रेसको २८ हजार मत दिएर ९ हजार मत भएको माओवादीलाई जिताउन गाह्रो पर्छ । टिकट वितरणमा ध्यान नपुर्‍याउने हो भने गठबन्धनले जित्नसक्ने आधार गुम्छ ।’

Vianet communication
Laxmi Bank

पत्रकार सम्मेलनमा प्रतिनिधि सभा १ का कांग्रेस सभापति मन्नान खाँले कांग्रेसले टिकट पाउनुपर्ने माग कार्यकर्ताले राखिरहेको जानकारी दिए । पार्टीभित्रका कार्यकर्ताको कांग्रेसको भागमा टिकट नपर्ने हो भने विद्रोहको चेतावनी दिइरहेको उनले बताए । उनले अघिल्लो चुनाव जितेर माओवादीले केही काम गर्न नसकेकाले पनि जिताउन गाह्रो पर्ने बताए । कार्यकर्ताको चाहनाविपरीत गठबन्धनबाट कांग्रेसबाहेकका दललाई टिकट दिए चुनावी नतिजा गलत आउने उनले चेतावनी दिए । 

सम्मेलनमा उपस्थित भएका अधिकांश नेताहरूले कांग्रेसले टिकट पाउनुपर्ने माग गरेका थिए । उनीहरूले उक्त क्षेत्र कांग्रेसले लिनुपर्ने भन्दै त्यसमा पनि उम्मेदवार दीपकुमार उपाध्याय नै हुनुपर्नेमा जोड दिए । कांग्रेस कार्यकर्ताहरूले दीपकुमार उपाध्यायबाहेकलाई सघाउन नसक्ने भनेर बारम्बार भनिरहेको बताए । 

पत्रकार सम्मेलनमा उपस्थित नेताहरूले आफूहरूको मागविपरीत केन्द्रले जबरजस्ती अन्य दलकालाई उम्मेदवार बनाए कार्यकर्ताहरूलाई सम्हाल्न नसक्ने प्रष्ट पारे । 

उक्त पत्रकार सम्मेलनमा कपिलवस्तु नगरपालिकाका पार्टी सभापति खुर्सेद अहमद खाँ, शुद्धोधन गाउँपालिका सभापति विशम्भर कुर्मीलगायतका नेताहरू उपस्थित थिए । 

गत स्थानीय तहको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट कांग्रेस एक्लैले २८ हजार २७१ मत पाएको थियो । जनता समाजवादी पार्टी (जसपा)ले १३ हजार ५१० मत पाएको थियो भने, नेकपा माओवादी केन्द्रले ९ हजार ३३८ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले भने ३ हजार ७२२ मात्र प्राप्त गरेको थियो । 

उक्त निर्वाचन क्षेत्रमा एमालेले २६ हजार ८२३ मत पाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३ हजार ४२४ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८० मत पाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x