२८ असार २०८३, आइतबार
गठबन्धनमा सकस

गठबन्धनको बैठकः मंगलवार पनि जुटेन सहमति, टीका लगाएर थप छलफल हुने

गठबन्धनको बैठकः मंगलवार पनि जुटेन सहमति, टीका लगाएर थप छलफल हुने
फाइल तस्वीर

सत्तारूढ गठबन्धन आज (मंगलवार) पनि आगामी निर्वाचनमा सिट बाँडफाँटबारे टुंगो लगाउन असफल भएको छ । मंगलवार अपराह्नदेखि गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे सहमति जुटाउन छलफलमा बसे पनि सहमति हुन नसकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शीर्ष नेता, तथा  सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भएको थियो । तर, मंगलवारको बैठकमा पनि दलहरूबीचको दोहोरो दाबीबारे सहमति हुन नसकेको एक नेताले बताए । आजको बैठकमा सहमति नजुटेपछि बुधवार पुनः छलफल गर्ने गरी आजको बैठक टुंगिएको ति नेताले बताए । 

गठबन्धनका नेताहरू भोलि (बुधवार) दशैंको टीका ग्रहण गरेर छलफल हुनेछ । नेताहरूबीच बुधवार दिउँसो ३ बजे पुन प्रधानमन्त्री निवासमै छलफल हुने तय भएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गएको छ । निर्वाच आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने दिन तोकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्