०५ साउन २०८३, मंगलबार

जसपाका नेता शत्रुधनले गरे पार्टी परित्यागको घोषणा

जसपाका नेता शत्रुधनले गरे पार्टी परित्यागको घोषणा

जसपा नेपालका नेता एवम् पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले पार्टी परित्यागको घोषणा गरेका छन् । 

उनले बुधवार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले अत्यन्त भारी मन तथा पीडाबोधका साथ जसपाबाट अलग हुने निर्णय लिएको बताएका छन् । 

उनले केही समययता ५ दलीय गठबन्धनको नाममा पार्टीले मधेशी जनताको भावना विपरित मधेशको अस्तित्व नै धरापमा पार्ने गरि कार्यहरू गरेको र लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरित कार्यकर्ता मन, मस्तिष्कमा पुर्‍याएको चोट सहन गर्न नसकेकाले पार्टी परित्यागको घोषणा गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्