१६ असार २०८३, मंगलबार

दक्षिण कोरियामा दैनिक ३४ हजार बढी कोरोना संक्रमित

असोज १९, २०७९
दक्षिण कोरियामा दैनिक ३४ हजार बढी कोरोना संक्रमित

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घण्टायता ३४ हजार ७३९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

अघिल्लो दिन मात्र १६ हजार जनामा मात्र कोरोनाका संक्रमित पाइएकामा बुधवार ३४ हजारभन्दा बढी देखिएका हुन् । अघिल्लो हप्ता दैनिक करीब २४ हजार जनामा संक्रमण भएको बताइएकोमा बुधवार संख्या वृद्धि भएको हो ।

पछिल्लो दिन कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ हालसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ ।

कोरोना महामारीको शुरूआतदेखि अहिलेसम्म नै २ करोडभन्दा बढीमा कोरोना संक्रमण भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्