२९ जेठ २०८३, शुक्रबार
बडादशैं

राष्ट्रपतिको हातबाट टीका थाप्न शीतलनिवास पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण [फाेटाेसहित]

राष्ट्रपतिको हातबाट टीका थाप्न शीतलनिवास पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण [फाेटाेसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएकी छन् ।

बुधवार शीतल निवासमा राष्ट्रपति भण्डारीले बडादशैंको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् । 
त्यस अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष, गणेशप्रसाद तिमिल्सिना, निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधान सेनापति प्रभुराम शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, शसस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिइन् । 

राष्ट्रपति भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टीका लगाइदिएकी थिइन् । बुधवार दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । 

टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामबद्ध थिए । यसअघि विजया दशमीको शुभ–साइत ११ः५१ मा राष्ट्रपति भण्डारीले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिएकी थिइन् । त्यस्तै उनले विजया दशमीको दिन गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गरेकी थिइन् । 

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैंघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिक मानेर लगाउने गरिन्छ । 

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडादशैं) को सबैभन्दा महत्वपूर्ण दिन हो । 

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्