१७ असार २०८३, बुधबार

जीपको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

जीपको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

चितवनमा जीपको ठक्करबाट पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन् । 

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५ च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधवार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो । 

टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी पत्नी ४० वर्षीया राधा घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्