१६ असार २०८३, मंगलबार

दलको समन्वयमा बिर्तामोडलाई बन्द हडताल मुक्त गरिने

कात्तिक २०, २०७४
दलको समन्वयमा बिर्तामोडलाई बन्द हडताल मुक्त गरिने
भद्रपुर, २० साउन- बिर्तामोड उद्योग वाणिज्य संघको साउन २२ गते हुने निर्वाचनमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारले बन्द, हडताल, जबर्जस्ती चन्दा नियन्त्रण र व्यवसायीको सुरक्षालाई प्रमुख एजेण्डा बनाएका छन् । 

जिल्लास्थित संवाद समूहको संयोजन तथा बिर्तामोड उद्योग वाणिज्य सङ्घको पहलमा आज यहाँ आयोजित छलफलमा अलग–अलग तीनवटा समूह घोषणा गरी चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवारसहित सङ्घका वर्तमान अध्यक्षले राजनीतिक दल, नगरपालिका सामाजिक संस्था अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैसँग समन्वय गरी बिर्तामोडलाई बन्दमुक्त गर्नेे प्रतिबद्धता गरेका हुन् । 

सङ्घका वर्तमान अध्यक्ष बलराम कार्की, लोकतान्त्रिक व्यावसायिक समूहबाट अध्यक्ष पदका उम्मेदवार कुमार भट्टराई, संयुक्त व्यावसायिक समूहबाट अध्यक्ष पदका उम्मेदवार हनुमान मित्तल र स्वतन्त्र समूहबाट अध्यक्ष पदका उम्मेदवार हरि प्रसाईंले सङ्घको निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, एकअर्काप्रति सम्मान र आदरपूर्वक व्यवहार गर्दै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्ने जनाएका छन् । 

अध्यक्ष पदमा जसले जिते पनि व्यवसायीका समस्या समाधान गर्ने साझा एजेण्डालाई स्थापित गरेर अघि बढ्ने र सहयोगी भूमिका निर्वाह गर्ने उनीहरुको भनाइ छ । 

पूर्व क्षेत्रको व्यापारिक केन्द्रका रुपमा विकसित भइरहेको बिर्तामोडलाई बन्द–हडताल मुक्त गर्नका लागि राजनीतिक दलहरुलाई उद्योगी, व्यवसायीका समस्या बुझेर सकारात्मक भइदिन उनीहरुले आग्रहसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्