०५ साउन २०८३, मंगलबार

विश्वकप आयोजना गर्न स्पेन, पोर्चुगल र युक्रेनको संयुक्त दाबी

असोज २०, २०७९
विश्वकप आयोजना गर्न स्पेन, पोर्चुगल र युक्रेनको संयुक्त दाबी

 सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सह आयोजकमा युक्रेन थपिएको छ ।

स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सह आयोजकमा युक्रेन पनि थपिएको छ ।

स्पेन र पोर्चुगलको एफएले बुधबार सह आयोजक राष्ट्रमा युक्रेनलाई थपिएको जनाएको छ।

अब विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गर्ने छन् ।

सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् । फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ ।

त्यसअघि सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्