०५ साउन २०८३, मंगलबार

टीकाको दोस्रो दिन : मान्यजनको हातबाट टीका लगाउने क्रम जारी

असोज २०, २०७९
काठमाडौं
टीकाको दोस्रो दिन : मान्यजनको हातबाट टीका लगाउने क्रम जारी

दशैंको टीकाको दोस्रो दिन आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ ।

विशेष गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । 

त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्