
बिहीवार बिहान चितवनको माडी क्षेत्रमा अति भारी वर्षा भएको छ ।
नेपाल बाढी सूचनाले दिएको जानकारी अनुसार पछिल्लो ३ घण्टामा चितवन जिल्ला माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भएको हो ।
बाढी पूर्वानुमान महाशाखाले रिउखोला र साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने जनाएको छ ।
महाशाखाले सूचना जारी गर्दै तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।