
चितवनको १७ किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीवार बिहान ८:२० बजे लेदोसहितको पहिरो आएर दुईतर्फी रूपमै यातायात बन्द भएको हो ।
यसैगरी नागढुङ्गा नाकाभन्दा तल सुरुङ मार्ग स्थित सडकमा आज बिहान ८:३० बजे पहिरो खसेको कारण दुईतर्फी रुपमा सवारी आवागमन अवरुद्ध भएको छ ।
सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरू समस्यामा परेका छन् ।