०४ असार २०८३, बिहीबार

प्रज्ञा प्रतिष्ठानमा कूलपति र सदस्य सचिव रिक्त

प्रज्ञा प्रतिष्ठानमा कूलपति र सदस्य सचिव रिक्त

नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको ४ वर्षे कार्यकाल बिहीवारदेखि पूरा हँुदैछ ।

उनीहरूको नियुक्ति २०७५ असोज २१ गते भएको थियो । प्राज्ञ परिषद्का अन्य ९ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।

प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकूलपति डा. जगमान गुरुङले निमित्त कूलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले निमित्त सदस्य सचिवको कार्यभार बहन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्