×

NMB BANK
NIC ASIA

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दशैं

असोज २०, २०७९

NTC
Premier Steels

अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा बडादशैं मनाएका छन् ।

Muktinath Bank

अमेरिकाका कैयौं राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधवार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दशैं मनाएका हुन् । नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरूपमा दशैं पर्व मनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् । नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनिया लगायतका क्षेत्रमा नौरथा शुरू भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयअनुसार बुधवार टीका र जमरा ग्रहण गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ । एकै स्थानमा ४०–५० को संख्यामा नेपालीको घर भएका स्थानमा एकआपसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।

Vianet communication

विगत १६ वर्षदेखि न्यूयोर्कमा बस्दै आएका भागवत शर्माले दशैंका लागि भनेर १ महिना पहिला नै आफू काम गर्ने कम्पनीबाट बिदा लिएर बसेको बताए । उनले भने, ‘१ दशकअघिको तुलनामा अहिले दशैं मनाउने समूह बढ्दै गएको छ ।’

उनको अनुभवमा १ दशकअघिसम्म जमरा राख्न पनि गाह्रो पर्ने गरेकामा विगत ४–५ वर्षयता जमरा राख्न सजिलो भएको र जमघटमा पनि बाक्लो उपस्थिति हुने गरेको छ । यसरी अमेरिका बसोबास गर्ने नेपालीबीच पनि दशैं मनाउनेक्रम बढ्दै गएको देखिएको छ ।

शर्मा भन्छन्, ‘पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्त्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।’

कोरोना महामारीपछि आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दशैं मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् । कोरोना महामारीका कारणले आक्रान्त बनेको अमेरिकामा बस्दै आएका नेपालीमा विगतको तुलनामा आपसी सहकार्य र सम्बन्ध पनि वृद्धि हुँदै गएको छ । सय वर्षपछि ठप्प भएको अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ ।

सायद यसैकारणले होला यसपटकको दशैंमा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ । 

दशैंका लागि भनेर नेपालबाट समेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दशैं मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरूले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दशैं मान्न पाउँदा असाध्यै खुशी लागेको प्रतिक्रिया दिएका छन् । – मधुकर अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x