१९ असार २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

ओली-उपेन्द्र सहमतिको मस्यौदा तयार हुँदै, जसपालाई २४ सीट दिन एमाले तयार

असोज २०, २०७९
ओली-उपेन्द्र सहमतिको मस्यौदा तयार हुँदै, जसपालाई २४ सीट दिन एमाले तयार
फाइल फोटो

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने लगभग पक्का भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सहमतिनजिक पुगेको हो ।

दुई दलबीच सहमतिको मस्यौदा तयार भइरहेको र आजै हस्ताक्षर गर्ने तयारी रहेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यता जसपाका नेताहरू राजेन्द्र श्रेष्ठ र मनिष सुमन बालुवाटारस्थित सत्ता गठबन्धनको बैठकमा छन् ।

उपेन्द्र स्वयं ओलीसँग वार्तामा रहेकाले जसपा सत्ता गठबन्धनमा नरहने पक्का जस्तै भएको छ ।

स्रोतका अनुसार एमालेसँगको तालमेलमा जसपाले २४ सीट पाउने भएको छ ।

मधेश प्रदेशमा १६ र अन्य प्रदेशमा ८ सीट जसपाले पाउने गरी सहमतिको मस्यौदा तयार भइरहेको स्रोतले पुष्टि गर्‍यो ।

सत्ता गठबन्धनमा १५ देखि १६ सीट मात्र पाउने भएपछि जसपा एमालेसँग नजिकिएको हो ।

जसपाको डबल स्ट्यान्डर्डका कारण बालुवाटारमा सत्ता गठबन्धनको बैठक भने निर्णयमा पुग्न सकिरहेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्