काठमाडौं, २१ पुस — बलिउडाका उदीयमान अभिनेताहरू कृति सानोन र सुशान्त सिंह राजपूतका बीच रोमान्सको खबर उनीहरूले ‘राब्ता’ फिल्म खेल्न थालेदेखि नै शुरु भएको हो ।

दुवैजनाले नयाँ वर्ष लन्डनमा सँगै मनाएपछि त हल्लाले झन् बल पायो ।
गत २७ डिसेम्बरमा सुशान्त लन्डन लागे । अलि पछि कृति राब्ताका निर्माता निर्देशक दिनेश विजानका साथ लन्डन गइन् ।
दुवैजना लन्डनमा रमाई रमाई हिँडेको देख्दा उनीहरूको मित्रता अर्को तहमा पुगेको अनुमान गरिएको छ ।
तर बलिउडका जानकारहरू यो सबै फिल्मको प्रमोसन गर्ने हत्कन्डा मान्छन् । कृति र सुशान्त साथी मात्र हुन्, उनीहरूबीचको रोमान्स मार्केटिङ स्ट्राटेजी मात्र हो भन्छन् बलिउडकर्मीहरू ।
फिल्म हिट गराउन यस्ता खबर फैलाउने बलिउडको पुरानै परम्परा हो ।
एजेन्सी