३२ असार २०८३, बिहीबार

‘ढुक्क हुनोस्, चाडपर्वमा मुल्यवृद्धि हुँदैन’

कात्तिक २०, २०७४
‘ढुक्क हुनोस्, चाडपर्वमा मुल्यवृद्धि हुँदैन’
काठमाडौं, २० साउन– आपुर्तिमन्त्री शिवकुमार मण्डलले चाडपर्वहरुमा कुनैपनि किसिमको मुल्य वृद्धि नहुने दाबी गरे ।

मन्त्री मण्डलले भने,‘चाडपर्वहरुमा अतिआवश्यक वस्तुहरुको कुनै अभाव हुनेछैन, र मुल्यवृछि पनि नहुने म विश्वास दिलाउँछु।’ मुल्य वृद्धि रोक्नेबारे आफूले उत्पादक कम्पनीहरुसँग पनि आज विशेष छलफल गर्ने उनले जनाए ।

राजधानीमा अायोजित एक कार्यक्रममा  मन्त्री मण्डलले कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई समेत आफूले नछोड्ने चेतावनी दिए । उनले भने,‘विभागीय मन्त्रीको नाताले म आँफै यी विषयहरुमा गम्भिर छु, जनतासँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय संवेदनशील छ, अब यसलाई यही स्पिरिट अनुसार अघि बढाउनुपर्छ।’

उनले विभागीय मन्त्रीको हिसाबले आफूले गलत गर्ने जो कोहीलाई पनि उन्मुक्ति नदिने चेतावनी दिए । मण्डलले आफ्नो कार्यकालमा गुणात्मक परिवर्तन गर्न नसकेपनि जनतामा राहत हुनेगरि काम गरेर देखाउने विश्वास समेत दिलाए । उनले भने,‘कालोबजारी गर्नेहरुलाई मुटुमा ढ्याँग्रो ठोक्नेगरि कारवाही गर्छु।’ त्यस्तै हालै खाना पकाउने ग्याँसको मुल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटेकोले सोही अनुसार तत्काल डिजेल र पेट्रोलको मुल्य नबढ्ने समेत उनले बताए ।

मन्त्री मण्डलले पेटो«लियम पदार्थमा देखिएको लिकेज अन्त्यको लागि पनि आफूले पहलकदमी लिने विश्वास दिलाए । उनका अनुसार भारतमा डिजेल, पेटो«ल आयात गर्दा रक्सौल नाकाबाट आउने तेलहरु कम देखिने तर सिलगुढी नाकाबाट आउनेहरुमा नघट्ने देखिएको छ । भारतका प्रत्येक प्रदेशहरुमा नै क्यालिवेरेशन फरक फरक देखिएकोले दिर्घकालिन रुपमा टेक्निकल समस्याहरु समाधान गर्न आफूले पहल लिने मन्त्री मण्डलले विश्वास दिलाएका हुन् ।

त्यस्तै उनले कर्णाली लगायत अति आवश्यक खाद्यान्न चाहिने सुचिकृत जिल्लाहरुमा आफूले खाद्यवस्तुहरु पुर्याउन निर्देशन दिईसकेको समेत जनाए । उनले भने,‘विदेशी सहायताबाट आएका चामलका बोराहरु यहाँ गोदाममा कुहिएर बसेका छन्, ती खाद्य सामाग्रीहरु अतिआवश्यक ठाउँमा पुर्याउनको लागि मैले निर्देशन दिईसकेको छु।’ उनले नेपालीहरुमा धन भएको तर ढंग नभएको, र मन भएको तर उत्साह नभएको जस्तो देखिएकोले यो परम्परालाई आफूले अन्त्य गर्ने समेत बताए ।

उनले हवाई वा अन्य कुनै माध्यमबाटपनि विकट जिल्लाहरुमा अतिआवश्यक खाद्यवस्तु पुर्याउनको लागि आफू दृढ रहेको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्