०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री भन्छन्, ‘राजपा चुनावमा जान्छ जान्छ’

कात्तिक २०, २०७४
प्रधानमन्त्री भन्छन्, ‘राजपा चुनावमा जान्छ जान्छ’

जनकपुरधाम, २० साउन– प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए ।

एक प्रश्नको जवाफमा उनले नेपाली काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए ।

प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गरे ।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे ।


निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उनले स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्