०६ असार २०८३, शनिबार

एमालेका कार्यकर्ता मार्ने मनोजले व्यवसायीमाथि गोली चलाए

कात्तिक २०, २०७४
एमालेका कार्यकर्ता मार्ने मनोजले व्यवसायीमाथि गोली चलाए

बुटवल, २० साउन– नेकपा एमालेका कार्यकर्ता दुर्गा तिवारीको हत्यामा संलग्न भनिएका एमालेकै कार्यकर्ता मनोज पुन फेरि अपराधिक गतिविधिमा सक्रिय भएका छन् ।

शुक्रबार दिउँसो रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार गर्ने घटनामा मनोजको संलग्ना रहेको बताइएको छ ।

सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीमाथि शुक्रबार गोली प्रहार भएको थियो । भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको हो । भण्डारी भने सुरक्षित छन् ।

घटनालगत्तै मनोज पुनले आफूले गोली प्रहार गर्न लगाएको दावी गरेका छन् । प्रहरीको मस्ट वाण्टेड सूचीमा रहेका पुन अहिले मलेसियामा बस्दै आएको बताइन्छ ।

व्यवसायी भण्डारीसँग ३० लाख रुपैयाँ माग गर्दा नदिएकाले आफूले गोली चलाएको मनोजले दावी गरेका छन् ।

प्रहरीले भने व्यवसायी भण्डारीमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान नखुलेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्