१८ असार २०८३, बिहीबार

सरकारले छुट्ट्यायो जुलुस गर्ने ठाउँ, जहाँ मन लाग्यो त्यहाँ प्रदर्शन गरे कारवाही !

कात्तिक २०, २०७४
सरकारले छुट्ट्यायो जुलुस गर्ने ठाउँ, जहाँ मन लाग्यो त्यहाँ प्रदर्शन गरे कारवाही !
काठमान्डौं, २० साउन – सरकारले देश भर धर्ना तथा जुलुस गर्नेहरूको लागि ठाउँ छुट्याएको छ । गृहमन्त्री जनार्दन शर्माले देशभर नै जुलुस गर्नेहरुलाई स्थान निर्धारण गरिने जानकारी गराएका हुन् ।

बिरोध गर्नेहरुलाई ठाउँ दिएमा राजमार्ग तथा सडकहरु अबरुद्ध नहुने उनको भनाइ थियो । काठमाडौंकोे हकमा शान्ति बाटिकालाई जुलुस गर्ने ठाउँको रुपमा तोकिने उनले जानकारी दिए ।

आन्दोलन गर्नेहरुलाई छुट्याईएको ठाउँमा भौतिक सुबिधा समेत निर्माण गरिने गृहमन्त्री शर्माले बताए । देशभर नै स्पीच कर्नर र धर्ना गर्ने ठाउँ निर्माण गरिने उनले बताए । अब जहाँ मन लाग्यो त्यहा बसेर धर्ना गरेमा कार्बाही गरिने उनले बताए ।

‘देशभर नै राजमार्ग बन्द नगर्ने योजना सहित आन्दोलन गर्ने ठाउँ निर्धारण गर्न खोजिएको हो’ शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले भने, ‘तोकिएको भन्दा अन्यत्र आन्दोलन गर्नेमाथि कार्वाही हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्