०४ असार २०८३, बिहीबार

आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखाको ठहर

कात्तिक २०, २०७४
आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखाको ठहर

काठमाडौं २० साउन– व्यबस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको ठहर गरेको छ ।

संसद सचिवालय सिंहदरवारमा शुक्रवार बसेको समितिको बैठकले जग्गा खरिदमा अनियमितता भएको ठहर गरेको समिति सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

लेखाले निगमको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको लागि सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको, सार्वजनिक जग्गा खरिद गर्नु भन्ने लेखाको निर्देशन नमानी चलन चल्तीभन्दा कयौं गुणा महँगो जग्गा किनेको ठहर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्