०८ साउन २०८३, शुक्रबार

गुल्मीका एमाले उम्मेदवारहरूले भेटे जिल्ला नेतृत्वलाई, निर्वाचन योजनाबारे छलफल

गुल्मीका एमाले उम्मेदवारहरूले भेटे जिल्ला नेतृत्वलाई, निर्वाचन योजनाबारे छलफल

नेकपा एमाले गुल्मीबाट प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारहरूले पार्टी जिल्ला नेतृत्वसँग शनिवार भेटघाट गरेका छन् । आइतवार मनोनयन दर्ताको सन्दर्भमा योजना बनाउन विषयमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टसहित प्रदेश सभाका उम्मेदवारहरूले जिल्ला नेतृत्वसँग भेटघाट तथा छलफल गरेको हो । जिल्ला नेतृत्वले ६ जना उम्मेदवारलाई नै विजयको शुभकामना दिएको थियो । 

गुल्मी–१ बाट प्रतिनिधि सभातर्फ उपमहासचिव प्रदीप ज्ञवाली प्रदेश सभातर्फ १ (१) मा चिन्तामणि पाण्डे र १ (२) मा फरशुराम पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै गुल्मी–२ को प्रतिनिधि सभामा सचिव विष्ट, प्रदेशतर्फ २ (१) मा डिल्लीराज भुसाल र २(२) मा दिनेश पन्थीलाई उम्मेदवार बनाएको छ । 

सो अवसरमा बोल्दै उपमहासचिव ज्ञवालीले गठबन्धनलाई पराजित गर्ने गरी चुनावमा खटिन सबै जिल्ला नेतृत्वलाई आग्रह गरे । त्यस्तै, सचिव विष्टले गठबन्धनलाई पराजित गर्न एमाले एक्लै काफी रहेको दाबी गरे । गुल्मी १ मा गठबन्धनले कांग्रेस नेता चन्द्र भण्डारीलाई उम्मेदवार बनाउँदै छ । भने, गुल्मी २ मा नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री उम्मेदवार बन्दै छिन् । 

salt training

कमेन्ट गर्नुहोस्